३ महिनामा ब्याज भुक्तानी गर्ने प्रभु बैंकको ४० लाख कित्ता आजदेखि बिक्री खुल्ला, ब्याजदर कति ? « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

३ महिनामा ब्याज भुक्तानी गर्ने प्रभु बैंकको ४० लाख कित्ता आजदेखि बिक्री खुल्ला, ब्याजदर कति ?



काठमाडौं । आजदेखि प्रभु बैंकको ऋणपत्र बिक्री खुला गरिएको छ । बैंकको “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” ऋणपत्र आज (जेठ ११ गते, मंगलबार) देखि बिक्री खुल्ला गरिएको हो । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक ३/३ महिनामा ब्याज भुक्तानी गर्ने बताएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्रमा आजदेखि आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता बिक्री गरेको हो । जसमा १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । ५ प्रतिशत अर्थात् ८० हजा कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको हो । बाँकि २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि. रहेको छ ।


प्रतिक्रिया दिनुहोस्