एनएमबि बैंकको १ अर्ब ५० करोड रुपैयाको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

एनएमबि बैंकको १ अर्ब ५० करोड रुपैयाको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । जेठ ९ गतेदेखि बिक्री खुल्ला गरिएको एनएमबि बैंकको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ ९ गते, आइतबारदेखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२–९३’ नामको ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार दरको कूल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत र बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि आज जेठ १२ गतेसम्म आवेदन दिनसक्ने छन् । ऋणपत्रको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बामार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्