मर्ज हुनका लागी सिटजन्स बैंक र सिर्जना फाइनान्सले बोलाए साधारण सभा « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

मर्ज हुनका लागी सिटजन्स बैंक र सिर्जना फाइनान्सले बोलाए साधारण सभा



काठमाडौं । एक आपसमा मर्ज हुनको लागी सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्ताव सहित जेठ २७ गते विशेष साधारणसभा बोलाएका छन् । दुबैले भर्चुअल माध्यमबाट विशेष साधारणसभा बोलाएका हुन् ।

यस अघि सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी हिजो जेठ ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

२०७८ साल जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाईसमेत प्राप्ति गरेपछि बैंकको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ । ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ ।

बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडी बढाएको हो । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्