सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज बुधबार २५६५ औं बुद्ध जयन्तीलाई सरकारले सार्वजनिक विदा दिएको छ । आज सार्वजनिक विदाका कारण सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ मंगलबार कै मुल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि मंगलबारकै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको छ ।