प्राइम बैंकको सहयोग निरन्तर, वीर अस्पताललाई ३० लाख रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग गर्यो

काठमाडौं । प्राइम बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकले देशको विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो ।
कोरोना विरुद्धको लडाईमा बैंकले वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको बैंकले जनाएको छ । बैंकले अस्पताललाई पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो ।
बैंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहकाबीच उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । यस अघि बैंकले सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई १ सय वटा अक्सिजन सिलिण्डर वितरण गरेको छ ।