१ करोड ८० लाख ५३ हजार कित्ता आईपीओ पाइपलाइनमा

काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेवोन) मा ४ वटा लघुवित्त र १ लघुवित्त गरी ५ कम्पनीको सर्वसाधारण सेयर (आईपीओ) पाईपलाइनमा रहेका छन् ।
आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका तर अनुमति पाउन बाँकि रहेका साहस ऊर्जा लिमिटेड, सयपत्री हाइड्रोपावर कम्पनी, उपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, दोर्दीखोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् ।
जसमा साहस ऊर्जा कम्पनीको १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता, सयपत्री हाइड्रोपावरको ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता, मानुषी लघुवित्त वित्तीय संस्थाको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दीखोला जलविद्युत् कम्पनीको २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर जारी गर्न स्वीकृत हुने चरणमा छन् ।
यी ५ कम्पनीको कूल १ अर्ब ८० करोड ५३ लाख १७ हजार ९ सय रुपैयाँ बराबरको १ करोड ८० लाख ५३ हजार १७९ कित्ता शेयर जारी गर्ने प्रक्रियामा रहेका छन् ।
जसमध्ये साहस ऊर्जा लिमिटेडको र सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । त्यस्तै, उपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको एनएमबी क्यापिटल, मानुषी लघुवित्त वित्तीय संस्थाको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र दोर्दीखोला जलविद्युत् कम्पनीको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेका छन् । धितोपत्र बोर्डद्वारा स्वीकृति दिएपछि आईपीओ जारी गर्ने मिति तय गर्नेछन् ।
