सिद्धार्थको १२ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ ।
नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनश शेयर र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर नेप्सेले मुल्य समायोजन गरेको हो ।
नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको शेयर मुल्य समायोजनपछि १२ सय ५ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजनपछि शेयर मूल्य ७ सय ९१ रुपैयाँ कायम गरेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ३५० रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको ८३१ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन
Adjusted Price of Lumbini General Insurance Company Limited (LGIL) is Rs. 791 for 5% Bonus Shares on previous closing price of Rs. 831
Adjusted Price of Siddhartha Insurance Limited (SIL) is Rs. 1,205 for 12% Bonus Shares on previous closing price of Rs. 1,350