सिर्जना फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिन सिटिजन्स बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

सिर्जना फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिन सिटिजन्स बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौं बिशेष सधारण सभा जेठ २७ गते बोलाएको छ । बैंकको जेठ ११ गते बसेको सञ्चालक समितिको ३६४ औं बैठकले सातौं साधारण सभा बोलाएको हो । बैंकको साधारण सभा जेठ २७ गते बिहीबार बिहान ९ बजे प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बोलाएको हो ।

सभामा सिर्जना फाइनान्सलाई प्राप्ति तथा एक्विजिसन गर्ने सम्वन्धि बिशेष प्रस्ताव माथि छलफल गरि पारित गर्नेछ । सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी जेठ ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ । सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् ।

बैंकले साधारण सभा प्रयोजनार्थ जेठ २१ गते एक दिनका लागी बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा जेठ २० गतेसम्म कारोबार गर्ने सेयरधनीले मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाईसमेत प्राप्ति गरेपछि बैंकको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ । ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्