कोरोना भाइरस रोकथाम गर्न सातवटै प्रदेशका लागी निफ्रा बैंकको ४९ लाख रूपैयाँ सहयोग « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

कोरोना भाइरस रोकथाम गर्न सातवटै प्रदेशका लागी निफ्रा बैंकको ४९ लाख रूपैयाँ सहयोग



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रति अस्पताल–आइसोलेसन केन्द्र रु.७ लाखका दरले जम्मा ४९ लाख रुपैयाँ सहयोग गरेको छ ।

उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताल लाई प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायीत्वलाई प्राथमिकतामा राखी समय समयमा बिभिन्न संघसंस्था लाई सहयोग गर्दै आएकोमा मुलुकमा काेराेनाको संक्रमण बाट उत्पन्न बिसम परिस्थितिमा नेपाल सरकारको तिनै तहका सरकारहरु बाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहकद्मीको हार्दिक सराहना गर्दै उहाँहरु सँग हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्