छुट्नुभयाे कि ? ३ महिनामा ब्याज भुक्तानी गर्ने प्रभु बैंकको ४ अर्ब ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकको “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” ऋणपत्र जेठ ११ गते मंगलबारदेखि बिक्री खुल्ला गरेको थियो । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक ३–३ महिनामा ब्याज भुक्तानी गर्ने बताएको छ ।
बैंकले ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्रमा आवेदन दिने आज (जेठ १६ गते, आइतबार) अन्तिम दिन हो ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता बिक्री गरेको हो । जसमा १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । ५ प्रतिशत अर्थात् ८० हजा कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको हो । बाँकि २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा आज जेठ १६ गतेसम्म र ढिलोमा २६ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि. रहेको छ ।