दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीनले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने « Arthapath.com
१६ जेष्ठ २०७८, आईतवार

दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीनले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने



काठमाण्डौ । सेयर बजारमा अल्पकालीन र दीर्घकालीन लगानीलाई छुट्याई सोहीअनुसारको कर निर्धारण गरिएको छ । आर्थिक अध्यादेशमा संसोधन गरी अल्पकालीन लगानीकर्ताले पूँजीगत लाभकरबापत धेरै र दीर्घकालीनले थोरै लाभकर तिर्नुपर्ने व्यवस्था गरिएको हो ।

अध्यादेशले नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको ३६५ दिनभन्दा बढी अवधि स्वामित्वको हकमा ५ प्रतिशतको दरले कर लाग्ने व्यवस्था गरिएको हो । कुनै पनि कम्पनीको सेयरमा ३६५ दिनभन्दा बढी अवधिका लागि लगानी गर्नेहरुलाई दीर्घकालीन लगानीकर्ता भन्नुपर्ने भएको छ ।

यस्तै, अध्यादेशले ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निसर्गबाट प्राप्त लाभको हकमा ७.५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको छ । यसको अर्थ ३६५ दिनभन्दा कम अवधिका लागि लगानी गर्ने लगानीकर्ताले अब ७.५ प्रतिशतको दरले लाभकर तिर्नुपर्ने हुन्छ । यो व्यवस्था साउन १ गतेबाट कार्यान्वयनमा आउनेछ । हाल अल्पकालिन तथा दिर्घकालिन दुबै प्रकृतिका लगानीकर्ताहरुका लागि समान ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्