शिखर इन्स्योरेन्सको २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । शिखर इन्स्योरेन्सले २७.७६९ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । इन्स्योरेन्सले एक सूचना जारी गर्दै २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको जनाएको हो ।
अन्य लगानीकर्ताहरुको बोनस शेयर पनि खातामा नै जम्मा गरिने व्यवस्था भएकोले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
२०७७ चैत ९ गते सम्पन्न इन्स्योरेन्सको १५ औँ र १६ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । इन्स्योरेन्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
