सेयर बजारले बजेटलाई स्वागत गर्दै नयाँ रेकर्ड बनायो, १७ अर्बको कारोबार हुँदा हालसम्म कै उच्च बिन्दुमा पुग्यो

काठमाडौं । नेपाल सरकारले १६ खर्ब ४९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८–०७९ को लागी बजेट सार्वजनि गरेका हुन् । बजेटमा सबै क्षेत्रलाई समेटेको छ । यसले बजारमा कस्तो असर पर्ला भनेर अड्कलबाजी गरिरहेका लगानीकर्ताले बजेटलाई स्वागत गरेका छन् । शनिबार सार्वजनिक गरिएको बजेटले नेप्सलेलाई प्रभाव पार्ने योजनाहरु आउँछन् की भनेर अनुमान गरेका थिए । तर नेप्सेमा प्रभाव पार्ने त्यस्तो कुनै योजना नआएपछि लगानीकर्ताले उक्त बजेटलाई स्वागत गरेका हुन् ।
निरन्तर उकालो लागेको बजारलाई आइतबार पनि उकालो लागेको छ । यसलाई लगानीकर्ताले स्वागत गरेको नै मानिन्छ । आइतबार यस अघिका सबै रेकर्ड ब्रेक गरेर नेप्सेल नयाँ रेकर्ड बनाएको छ ।
आइतबार कारोबारमा नयाँ रेकर्ड बनाएको छ । आइतबार दिनभरिमा २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार सेयर कित्ता १ लाख ७३ हजार पटक किनबेच हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो । यस अघि नेप्सेमा जेठ १३ गते बिहीबारका दिन २१५ कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ सेयर कित्ता १ लाख ४७ हजार ४९३ पटक किनबेच हुँदा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँको कारोबार भएको थियो । यो हालसम्म कै उच्च कारोबार थियो तर आइतबार उक्त रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड बनाउँदै झण्डै १७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
त्यस्तै, आइतबार नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु कायम गरेको हो । यसअघि जेठ १० गते सोमबार २८२३.०५ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड आज ब्रेक गरेको हो ।
ट्रेडिङ समूह ४०.२७ अंक, माइक्रोफाइनान्स समूह ७४.४० अंक, इन्भेष्टमेन्ट समूह ०.२७ अंक, अन्य समूह ५४.६४ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ५.३१ अंक र हाइड्रो पावर समूह ०.६६ अंकले घटेको छ ।
त्यस्तै, डेभलपमेन्ट बैंंक समूह २५५.२५ अंक, म्युचुअल फण्ड समूह ०.५५ अंक, फाइनान्स समूह ८३.९१ अंक, र निर्जीवन बीमा समूह ६४.१२ अंक, होटल तथा पर्यटन समूह १३७.३६ अंक, बैंकिङ समूह १९.९४ अंक, र जीवन बीमा समूह ९६.०१ अंकले बढेको छ ।