राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेदेखि बिक्री खुला गरिने, ब्याज कति छ ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेदेखि बिक्री खुला गरिने, ब्याज कति छ ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न गत वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई अनुमति दिएको थियो । बैंकले ‘८.५५ आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र बिक्री खुला जेठ २५ गतेदेखि गर्ने भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १५ लाख इकाइ व्यक्तिगत र बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ । यो ऋणपत्र ६ वर्ष अवधिको हुनेछ । लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र छिटोमा जेठ २८ गते बन्द हुने छ भने ढिलोमा असार ८ गते बन्द हुनेछ ।


प्रतिक्रिया दिनुहोस्