सुनचाँदीको कारोबार कतिमा हुँदैछ ? « Arthapath.com
१८ जेष्ठ २०७८, मंगलवार

सुनचाँदीको कारोबार कतिमा हुँदैछ ?



काठमाडौं । मंगलबार सुनचाँदीको भाउ फेरि बढेको छ । आज मंगलबार सुन तोलामा ३ सयले बढेको छ । छापावाला सुन आज प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यसैगरी चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

हिजो सोमबार छापावाला सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो भने चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्