मगंलबार ६०८५ जना संक्रमित थपिए, ६८ जनाको ज्यान गयो

काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । त्यसैगरी देशभर ६ हजार ८ सय ९८ जना निको भएका छन । यो संगै नेपालमा कोरोन निको हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।
त्यसैगरीकोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना बाट ज्यान गुमाउनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।