निरन्तर २ दिन ओरालो लागेको नेप्से आफ्नै लयमा फर्कियो, नयाँ रेकर्ड बनाउन ०.८१ अंकले चुक्यो

काठमाडौं । निरन्तर २ दिन ओरालो लागेको नेप्सेले पुनः आफ्नै लयमा फकिएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक बढेपनि रेकर्ड बन्न भने सकेको छैन् । सोमबार र मंगलबार नेप्से घटेको थियो भने कारोबार रकममा पनि कमी आएको थियो तर बुधबार भने उच्च अंकले बढेसँगै कारोबार रकम पनि बढेको हो । तर नेप्से परिसूचकमा भने रेकर्ड बनाउन झिनो अंकले रोकेको छ ।
यसअघि आइतबार नेप्से परिसूचक २८२७.९३ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो जुन हालसम्मकै उच्च अंक हो । बुधबार २८२७.१३ अंकमा बन्द भएपनि ०.८१ अंकले कम हुँदा नयाँ रेकर्डमा पुग्न सकेन । दिनभरिको उतारचढाव पछि नेप्से परिसूचक ५५.७६ अंकले बढेर २८२७.१३ अंकमा बन्द भएको छ । बुधबार दिनभरिमा २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार सेयर कित्ता १ लाख १४ हजार पटक किनबेच हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
यसअघि हिजो मंगलबार नेप्से परिसूचक ११.६८ अंकले २७७१.१५ अंकमा बन्द भएको थियो भने ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार रुपैयाँको कारोबार भएको थियो । यसअभि आइतबार १७ अर्ब २ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।
बुधबार म्युचुअल फण्डबाहेक सबै समूहमा हरियाली छाएको छ । म्युचुअल फण्ड ०.०१ अंकले घटेको छ भने ट्रेडिङ समूह १५.१२ अंक, माइक्रोफाइनान्स ६९.६३ अंक, इन्भेष्टमेन्ट समूह ०.९२ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह १३६.३४ अंक, हाइड्रो पावर समूह ८१.८२ अंक, निर्जीवन बीमा समूह ४७९.११ अंक, होटल तथा पर्यटन समूह ९२.३५ अंक, बैंकिङ समूह ८.८० अंक, जीवन बीमा समूह ३७४.१७ अंक, अन्य समूह ११०.७७ अंक, डेभलपमेन्ट बैंंक समूह २२५.६६ अंक, र फाइनान्स समूह १३७.८३ अंकले बढेको छ ।