भोलिदेखि बीमा, बैंक तथा वित्तीय संस्थालाई के ब्यवस्था गर्यो ? निषेधज्ञाको पूर्णपाठ सहित « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

भोलिदेखि बीमा, बैंक तथा वित्तीय संस्थालाई के ब्यवस्था गर्यो ? निषेधज्ञाको पूर्णपाठ सहित



काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलोसँगै निषेधज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई यथावत नै राखेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा खुकुलो गरेर थप गर्दै ३१ गतेसम्म जारी राखेपनि बैंक तथा वित्तीय संस्थालाई के गर्ने भनेर कुनै निर्णय नभएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थामा निषेधाज्ञा खुकुलो सम्बन्धि कुनै निर्णय नभएको र पहिलेकै व्यवस्था लागु हुनेछ ।

कोरोना महामारीको अवस्था सामान्य नभएकाले बैंक तथा वित्तीय संस्थालाई पहिलेकै व्यवस्थालाई निरन्तरता दिएको उनले बताए ।

त्यस्तै, बीमा कम्पनीहरुले कर्पोरेट कार्यालय “केन्द्रिय कार्यकालय” मात्रै खोल्न पाउने भएका छन् । बीमा कम्पनीहरुले अझै पनि शाखा कार्यालय खोल्न पाउने छैनन् ।

काठमाडौ जिल्लामा बाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय, विकास बैंकको हकमा प्रधान कार्यकालय, बीमा समिति तथा बीमा कम्पनीको हकमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्ड मात्र खुल्ने गरि २० प्रतिशत जनशक्ति राखेर कार्य गर्न पाउने ब्यवस्था छ ।

333


प्रतिक्रिया दिनुहोस्