सिईडिबी हाईड्रोपावरको ओपनिङ रेञ्ज अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म
काठमाडौं ।सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छैन् । अर्काे साता मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत गर्ने तयारी रहेको जनाएको छ, तर कुन दिन हुन्छ त्यो भने तोकिएको छैन् । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख १७ गतेदेखि बैशाख २१ गते सम्म सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो ।
कम्पनीको आईपीओ सूचीकृतका लागी सिडिएस एण्ड क्लियरिङ् लिमिटेडमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ । सिडिएससीमा सूचीकरण गराएपश्चात आगामी साताभित्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराउने तयारी कम्पनीले गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सन्राइज क्यापिटलले पुरा गरेको थियो ।
सीइडीबी हाइड्रोपावरको आइपीओ बैशाख ३१ गते, शुक्रबार बाँडफाँड सम्पन्न गरिसकेको छ । न्यूनतम १० कित्ताका दरले २ लाख ३४ हजार १९५ जनाले मात्रै आईपीओ पाएका छन् भने तीमध्ये ४ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ जना आवेदकको हात खाली भएको थियो ।
कम्पनीले सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको हो ।