हवाइ यात्रुलाई क्वारेण्टाईन राख्न लागि ७८ होटेलले पाए अनुमति

काठमाडौं । कोरोना भाइरसको संक्रमण कायमै रहेकाले सरकारले हवाई यात्राबाट नेपाल भित्रने यात्रुको लागि क्वारेण्टाईन राख्न देशभरका ७८ होटेललाई अनुमति दिएकाे छ । भारत, कतार र टर्कीबाट नेपाल आउने हवाई यात्रुका लागि सरकारले ७८ वटा होटेललाई क्वारेन्टाईन स्थल बनाउन लाागेको हो । गत जुन १ देखि भारत, कतार र टर्कीबाट हवाई यात्रुहरू नेपाल आउन थालेका छन् ।
पर्यटन विभागले हवाइ यात्रुको सहजताका लागि विमानस्थल नजिकका सात वटा पाँचतारे होटल, सात वटा चार तारे होटल, ५१ वटा पर्यटक स्तरका र अन्य आठ वटा होटेलाई क्वारेन्टाईन बनाउन सुरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयलयले जनाएको छ । एयरपोर्ट होटेल, पार्क भिलेज रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्टले अघिदेखि नै क्वारेण्टाईन बनाएको छ ।
सरकारले क्वारेण्टाईन बनाउनको लागि होटोलहरूमा खेल्न र शारीरिक व्यायाम गर्नको लागि खुल्ला ठाउँ हुनुपर्ने भनेकाे छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न होटलभित्र क्वारेण्टाइनका अतिथिका लागि अलग्गै ढोका हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी होटेलले नै अलग्गै तरीकाले खाना र अन्य खानेकुरा पुर्याईदिनुपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी सुत्ने क्षेत्र, भोजन क्षेत्र ,जिम, सौना, कोठा भित्र र बाहिर खेलिने खेलकुदहरु यी सबै होटल भित्र अनिवार्य रुपमा हुनुपर्ने र क्वारेण्टाईनमा बसेका मानिसका लागि स्वाब परीक्षण गर्नको लागी होटेलले नै छुट्टै ठाउँको व्यवस्था गर्नुपर्ने क्वारेण्टाईन व्यवस्थापनका मापदण्मा उल्लेख गरिएको छ ।
मलेसियाबाट आउनेलाई पाँच दिन र अन्य देशबाट आउनेलाई दश दिन क्वारेन्टाईन बस्नुपर्ने सरकारले अनिवार्य व्यवस्था गरेको छ ।