सानिमा लाइफको तेस्रो वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्यो « Arthapath.com
२३ जेष्ठ २०७८, आईतवार

सानिमा लाइफको तेस्रो वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्यो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आईपीयो जारी गर्ने प्रश्स्ताव पारीत गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको छ । चालु आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनिले जनाएको छ ।इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीयो ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्नेछ ।

त्यसैगरी सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित समेत गरेको छ । साथै कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने जस्ता प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा आज कम्पनीको प्रधान कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट भएको हो ।


प्रतिक्रिया दिनुहोस्