निरन्तर रेकर्ड बनाउँदै आएको नेप्सेमा ०.२१ अंकको करेक्शन, कारोबार रकममा भने उछाल आयो

काठमाडौं । लगातारको रेकर्डपछि नेप्सेमा सामान्य करेक्शन आएको छ । यसअघि निरन्तर रेकर्ड बनाउँदै आएको नेप्से सोमबार सामान्य अंकले करेक्शन आएपनि कारोबारमा भने उछाल आएको छ ।
सोमबार नेप्से परिसूचक ०.२१ अंकले करेक्शन भएर २९०६.७० अंकमा बन्द भएको छ । यस अघि हिजो आइतबार नेप्से परिसूचक ५०.१४ अंकले बढेर २९०६.९१ अंकमा बन्द भएको थियो । उक्त अंक हालसम्म कै उच्च बिन्दु हो ।
कारोबार रकममा पनि उछाल आएको छ । सोमबार दिनभरिमा २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार कित्ता सेयर १ लाख ५१ हजार पटक किनबेच हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । यस अघि हिजो आइतबार १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको थियो । यो हालसम्म कै उच्च कारोबार हो ।
सोमबार ट्रेडिङ समूह ९२.२७ अंक, माइक्रोफाइनान्स २२.४३ अंक, इन्भेष्टमेन्ट समूह ०.१० अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो समूह २१.२० अंक, होटल तथा पर्यटन समूह ४२.४९ अंक र बैंकिङ समूह ३१.७४ अंकले घटेको छ ।
त्यस्तै, हाइड्रो पावर समूह ९१.६५ अंक, निर्जीवन बीमा समूह ३१.६६ अंक, अन्य समूह ५.१० अंक, जीवन बीमा समूह १६.०४ अंक, डेभलपमेन्ट बैंंक समूह २६०.०६ अंक, फाइनान्स समूह १६२.९४ अंक र म्युचुअल फण्ड ०.१० अंकले बढेको छ ।