वैदेशिक रोजगार विभागले अब सातामा एक दिन भौतिक उपस्थितिमा श्रम स्वीकृति दिने

काठमाडौं । वैदेशिक रोजगारमा जानको लागि आवश्यक पर्ने अन्तिम श्रम स्वीकृति आजदेखि खुला भएको छ ।
कोरोना संक्रमणको दर बढेसंगै गत बैशाख २४ गतेदेखि भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवाहरु बन्द गरेको वैदेशिक रोजगार विभागले आजैबाट सातामा १ दिन भौतिक उपस्थितीमै सेवा दिने भएको छ ।
विभागका अनुसार बैशाख २४ गतेदेखि बन्द भएको अन्तिम श्रम स्वीकृति आजदेखि सातामा एक दिन खुला भएको हो । अनलाईन मार्फत श्रमस्वीकृतिको व्यवस्था भएपनि आजदेखि सातामा हरेक बुधबार भने भौतिक उपस्थितिमा नै श्रमस्वीकृति दिने विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले अब हरेक साताको बुधबार एकदिन भौतिक रुपमै अन्तिम श्रमस्वीकृति दिने छ ।