फोहोर व्यवस्थापन बिल अब खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

फोहोर व्यवस्थापन बिल अब खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने



काठमाडौं । खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट नि;शुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ ।

फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलन को बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु Action Waste Baneshwor, Active Nepal Boudha, Sarbakalyan Sewa Thankot / Clean Nepal मा मात्र संचालनमा ल्याएको छ । आगामी दिनमा चाँडै नै थप कम्पनीहरु सँग सहमति र सहकार्य गरि फोहोर व्यवस्थापन बिल खल्ती मार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारीे खल्तीले गरिरहेको छ ।

सम्झौतामा हस्ताक्षर गरिसके पश्चात, खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भूर्तेलले बताउनुभयो “फोहोर संकलन गर्ने कम्पनीहरुसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहरमैलाको रकम झन्झटरहित तवरले जुनसुकै ठाउँ र समयमा तिर्न धेरै नै सहज हुने अपेक्षा हामीले (खल्ती) राखेका छौँ । उक्त सेवा सफ्टवेर कम्पनी UpCode Nepal को सहयोगमा सुरुवात भएको हो जसप्रति हामी निकै नै कृतज्ञ छौँ । यसले निश्चय नै डिजिटल युगमा नयाँ क्रान्ति ल्याउन थप सहयोग पुग्नेछ ।

यो सेवाको लाभ लिन, खल्तीको होम स्क्रिनमा रहेको “Waste” मा ट्याप गरि आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ । त्यसपछि, आफ्नो कार्ड नम्बर भरि “Get Details” बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । अब, सबै विवरण ठिक भएको यकिन गरि सिधै बिल भुक्तानी गर्न सकिन्छ ।

हाल, खल्ती डिजिटल वालेट को १७ लाख भन्दा बढी प्रयोगकर्ताहरुले यसको विभिन्न सेवाहरु लिई प्रत्यक्ष लाभ लिईरहेका छन ्। खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाइ डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ । यसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार झन्झटरहित र सरल बनाउनु रहेको छ । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । Khalti.com/app बाट यो एप डाउनलोड गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्