टिभिएस एनटर्क १२५ को अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्री « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

टिभिएस एनटर्क १२५ को अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्री



काठमाडौं । विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले बजारमा ल्याएको टिभिएस एनटर्क १२५,जसको स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको बिक्रीको लक्ष्य पार गरेको छ ।

सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँआºनो स्थान सुनिश्चित राखेको छ। धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ। आज टिभियस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा अवस्थित छ ।

हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिव्रmीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ। यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरु बीच मनपर्दो बनेको थियो। स्कुटरको स्ट्राइकिंग उपस्थिति, जडित टेक्नोलोजी र उच्चप्रदर्शन भएको टिभियस एनटर्क १२५ ब्रान्डको अनुभवको एक विशेषता हो। यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो कार्यव्रmममा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णनले भने ।

टिभिएसएनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ र यो रेस ट्युन्ड ºयुलइन्जेक्शन(आरटी–एफआई) को साथ सुसज्जित पहिलो स्कुटर हो ।यस स्कुटरले एक्स्क्ल्युसिभ टिभियस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ। टिभिएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ ।

नेपालमा टिभिएस एनटर्क १२५ को पहिलो पटक लन्च न्यासनल अटोमोबाइल डिलर एसोसिएशन(नाडा)अटो शोमा गरिएको थियो। त्यसबेला देखि नै यो स्कुटर नेपाली ग्राहकहरु बीच पहिलो रोजाई बन्न सफल भयो किनकि यो स्कुटर विशेष गरि युवाहरुका लागि डिजाइन गरिएको थियो र स्कुटर टिभिएस रेसिंग पेडेग्रीमा आधारित छ र स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी३ भल्भइन्जिनका साथ उपलब्ध छ। यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टिभियस स्मार्ट कनेक्टको पनि लन्च ग¥यो जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको छ ।
त्यसपछि जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको लन्च ग¥यो। रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ जसले रेगुलर ह्यालोजेन युनिट भन्दा राम्रो रोशनी प्रदान गर्दछ। यसका अतिरिक्त स्कुटरमा हजार्ड ल्याम्पहरु रहेको छ जसलाई रातो रंगको हजार्ड स्वीचको सहयोगमा स्वीच अन गर्न सकिन्छ। यो स्कुटरको प्रमुख भिजुअल हाइलाइट भनेको यसले “रेस एडिसन”प्रतीकका साथ भाइब्रेन्ट चेकर्ड ºल्याग ग्राफिक्सको प्रस्तुती दिन्छ। यो रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको तीन–टोन रंगको संयोजनको साथ उपलब्ध छ। टिभिएस एनटर्क १२५ रेस एडिसनले ब्लुटुथ मार्फत स्मार्टफोन जडानलाई पनि समर्थन गर्दछ। स्कुटरमा टिभियस कनेक्ट नामको मोबाइल एप्लिकेशन पनि इन्सटल्ड छ। स्कुटरमा उर्जा प्रदानगर्न १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले रेस्पेक्टिभ पावर प्रदान गर्छ र ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट प्रस्तुत गर्दछ ।

यो स्कुटर सबै ग्राहकहरुबीच लोकप्रिय बनेको छ र म ढुक्क छुकि रेस एडिसनले धेरै भन्दा धेरै मनोरञ्जनताको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नेछ शहिल अग्रवाल, एमडी जगदम्बा मोटर्सले टिभियस एनटर्क १२५ रेस एडिसनको लन्चमा बताए ।


प्रतिक्रिया दिनुहोस्