५७६८ कोरोनामुक्त भए, थप ४४४९ जनामा कोरोना संक्रमण, ८१ जनाले ज्यान गुमाए « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

५७६८ कोरोनामुक्त भए, थप ४४४९ जनामा कोरोना संक्रमण, ८१ जनाले ज्यान गुमाए



काठमाडौं । बुधबार थप ५ हजार ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १० हजार २ सय ९८ पुगेको छ ।

नेपालमा कोरोनाभाइरसका ४ हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् ।

यो सम्म कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी वितेको चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्