एनआईसी एसिया बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति, ब्याज कति ?

काठमाडौं । एनआईसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले अंकित मूल्य १ हजारका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।
“एनआईसी एशिया ऋणपत्र २०८७” नाम दिइएको छ । ८.५० प्रतिशत वार्षिक ब्याजदर रहेको छ ।
३ अर्ब बराबरको ऋणपत्र मध्ये १२ लाख कित्तामा सर्वसाधारण र बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई खुल्ला बिक्री गर्नेछ ।
एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।