सिटिजन्स बैंकको सातौँ विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारीत « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

सिटिजन्स बैंकको सातौँ विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारीत



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज जेठ २७ गते बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले सातौँ विशेष साधारण सभा संचालन गरेको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गर्नुभएको विशेष प्रस्ताव विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो ।

यस विशेष साधारण सभाले सिर्जना फाइनान्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात ९क्जबचभ क्धबउ च्बतष्य० कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडको पनि मिति २०७७ जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले समेत सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आ.व. भित्र सिर्जना फाइनान्स लिमिटेडललाई संयुक्त कारोबार प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिदैें डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताकालागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरेका छन ।


२०७८ साल जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्