९ प्रतिसत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंककाे ७५ कराेडकाे ऋणपत्र असार ६ गतेदेखि खुला

काठमाडौं । सांग्रिला बैंकको ऋणपत्रको बिक्री असार ६ गतेदेखि बिक्री खुला गरिने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुला गरिने भएको छ ।
बैंकले रु. ७५ करोड रुपैयाँ बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्नेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाइ रु. १ हजार दरमा किन्न पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ । जसमा ७ लाख ५० हजार इकाइमध्ये ४ लाख ५० हजार इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ ।
सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाइमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार इकाइ भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।