केहि खुकुलो बनाएर काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ साता लुजडाउन अर्थात केहि खुकुलो बनाई निषेधाज्ञा थप गर्ने तयारी भएको स्रोतले जनाएको छ ।आज निषेधाज्ञा थप गर्नको लागि काठमाडौ भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरिरहेका छन ।
कोरोना भाइरसको संक्रमणको दर कायमै रहेकाले केहि समय निषेधाज्ञा थप गर्न पर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन ।
उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । थप गदै जेठ ३१ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी रहने छ ।