एचआईडिसीएलको मूल्य समायोजन

कठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।
कम्पनीको १०० प्रतिशत हकप्रद शेयर नेप्सले समायोजन गरेको छ । समायोजन गरेसंगै कम्पनिकोे शेयरमूल्य ३४३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । कम्पनिको शेयर मुल्य हिजो अन्तिम कारोबार मुल्यको आधारमा समायोजन भएको हो । हिजो अन्तिम कारोबार दिन ५ सय ८६ रुपैयाँमा कारोबार भएको थियो ।
हकप्रद शेयर निष्काशन गर्नको लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
७५ साल पुस ३० गते सम्पन्न भएको कम्पनिको सातौं साधारण सभाले पारीत गरेको हकप्रद जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो ।
धितोपत्र बोर्डले अनुमति दिएसंगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।