सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश पारित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न १९ औँ वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांश (करसहित) गरी कूल १५.७८९४ प्रतिशत लाभांश पारित गरेको छ ।
त्यस्तै, सभाले सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाबाट प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरेको छ ।