राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा मागभन्दा बढि आवेदन, लगानीकर्ताले ६ वर्षभर ८.५% का दरले प्रतिफल पाउने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको ऋणपत्र ’आरबीबीएल डिबेन्चर २०८३’ को आवेदन बन्द भएको छ । बैंकको क्रणपत्रमा माग गरेभन्दा बढि आवेदन परेको थियो ।
प्रति एकाइ १ हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ता ऋणपत्र कुल दुई अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको थियो । जसमा १० लाख कित्ता सर्वसाधारणका लागि र १५ लाख कित्ता बैंकले आफ्नै पहलमा संस्थागत लगानीकर्ताहरुलाई बिक्री गर्ने निर्णय गरेको थियो ।
६ वर्ष परिपक्व अवधिको उक्त ’आरबीबीएल डिबेन्चर २०८३’ ऋणपत्रको वार्षिक प्रतिफल ८.५% प्रतिशत रहेको बैंकले जनाएको छ ।
उक्त क्रणपत्र बिक्री नभएको अवस्थाका लागि बैंकले असार ८ गतेसम्मका लागि अन्तिम आवेदन मिति निर्धारण गरेको थियो। तर क्रणपत्रमा माग भन्दा बढि आवेदन परेसंगै आज बाट बन्द भएको हो ।