नेप्सेमा ३ कम्पनीको १ करोड १४ लाख १२ हजार कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?
काठमाडौं । यस साता विभिन्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड भन्दाबढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र सिईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडको गरी कूल १ करोड १४ लाख १२ हजार ३६१.७८ कित्ता सेयर सूचीकृत भएको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ८ हजार २ सय ६१.७८ कित्ता सेयर सूचीकृत भएको हो । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९० को अनुपातमा प्राप्तिपश्चात १० लाख ८ हजार २६१.७८ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १० प्रतिशत बोनस सेयर अर्थात् २० लाख १० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै, सिईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो । कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको हो ।