हकप्रद शेयर जारी गर्न अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल बैंक धितोपत्र बोर्ड पुगे, कुनको कति ?
काठमाडौं । हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक नेपाल धितोपत्र बोर्ड पुगेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक दुवैले हाल कायम चुक्त पूँजीको ३० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति मागेको हो । शिखर इन्स्योरेन्सले जेठ २५ गते र एक्सेलले जेठ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डले जनाएको छ ।
शिखर इन्स्योरेन्सले १०० अंकित दरले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँबराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदका लागि अनुमति मागेको छ ।
त्यस्तै, एक्सेल बैंकले १०० रुपैयाँ अंकित दरले २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको हो ।
शिखर र एक्सेल दुवैको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।