एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । शेयर न्यूनतम मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ १३ गते, बिहीबारबाट ५६ हजार २ सय ७० कित्ता कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त सेयरको न्युनतम मूल्य ८ सय रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले आज (जेठ ३१ गते, सोमबार) सम्म न्युनतम ५ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।