८.४२ प्रतिशत लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

८.४२ प्रतिशत लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीका् जेठ २ गते स्थगित गरिएको साधारण सभा असार ६ गते बोलाएको हो ।

कम्पनीको १९ औं वार्षिक साधारण सभाले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश दिने निर्णय पारित गर्नेछ । सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयर र ०।४२ प्रतिशत कर प्रयोजन गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुग्नेछ । यस्तै प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दै छ ।


प्रतिक्रिया दिनुहोस्