नेपाल एग्रोलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तले बोलायो साधारण सभा, कतिमा प्राप्ति गर्दै छ ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । कम्पनिको संचालक समितिको बैठकले आउदो असार २१ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
साधारण सभा असार २१ ग्ते कम्पनिको केन्द्रीय कार्यालय नवलपुरको गैंडाकोटमा गर्ने कम्पनिले जनाएको छ ।साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने छ ।
उक्त साधारण सभाले एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न स्वीकृति दिने विशेष प्रस्तावलाई पारित गर्ने छ ।
कम्पनिको संचालक समितिको बैठकले नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गर्ने निर्णय गरेको छ ।