मंगलबार सुनको भाउ स्थिर, चाँदीको घट्यो « Arthapath.com
१ असार २०७८, मंगलवार

मंगलबार सुनको भाउ स्थिर, चाँदीको घट्यो



काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । हिजो सोमबार सुन प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्