शेयर कर्नरिङको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा, ५१ कम्पनीको शेयर मूल्यमा चलखेल (सूचिसहित) « Arthapath.com
१ असार २०७८, मंगलवार

शेयर कर्नरिङको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा, ५१ कम्पनीको शेयर मूल्यमा चलखेल (सूचिसहित)



काठमाडौं । धितोपत्र बोर्डले शेयर कर्नरिङको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पठाएको छ । बोर्डले पछिल्लो समय केही कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएपछि शेयर कर्नरिङको आशंका गर्दै अध्ययन गरेको थियो । पहिलो चरणको अध्ययन सकेको र अध्ययन प्रतिवेदन अर्थमन्त्रालयमा पेश गरेको बोर्डले जनाएको छ ।

पहिलो चरणको अध्ययन प्रतिवेदनमा शेयर बजारमा ५१ वटा कम्पनीहरुको शेयर जाेखिमयुक्त देखिएकाे बाेडर्ले बताएकाे छ । बाेर्डका अनुसार पछिल्ला १३ महिनामा ३०० प्रतिशत वा त्यसभन्दा बढी मूल्यबृध्दि भएका, पीइ रेसियाे १०० वा त्याेभन्दा पनि बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका र कम्पनीको प्रतिशेयर नेटवर्थभन्दा महँगो भाउमा किनबेच भइरहेका ५१ कम्पनीको शेयरलाई जोखिमपूर्ण छन् ।

बाेर्डले लगानीकर्तालाई कम्पनीको मूल्यांकन गरेरमात्रै शेयरमा लगानी गर्न आग्रह गरेको छ । यसका लागि आफूले उपलब्ध गराएको ५१ कम्पनीको सूची हेर्न पनि बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ ।

बोर्डले शेयर बजारमा भित्रि सूचनामा आधारित कारोबार (इनसाइडर ट्रेडिङ), सर्कुलर कारोबार र कर्नरिङ सम्बन्धी विस्तृत अध्ययन शुरु गरिसकेको बताएको छ । यद्यपि, बजारमा भने यस्ता कारोबारको क्रम नरोकिएको लगानीकर्ता बताउँछन् ।
तर बोर्डले यस्तो अनुसन्धान गर्ने प्रस्ताव अघि बढाएसँगै नेप्सेका विक्री चाप बढिसकेको छ ।

शेयर बजारमा कम पूँजी भएका वा सर्वसाधारणमा कम शेयर जारी गरेका कम्पनीको भाउ बढाएर लगानीकर्ता झुक्याउने खेल बढ्न थालेपछि नेपाल धितोपत्र बोर्डले अध्ययन गरेको हो ।

यी हुन् जाेखिमपूर्ण ५१ कम्पनीः

Sebonji


प्रतिक्रिया दिनुहोस्