नेपाल राष्ट्र बैंकको १५ अर्बसहित नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत « Arthapath.com
६ असार २०७८, आईतवार

नेपाल राष्ट्र बैंकको १५ अर्बसहित नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत



काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा गत साता सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल राष्ट्र बैंक र सिर्जना फाइनान्स लिमिटेडको सेयर सूचीकृत भएको हो ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गरेपश्चात् १ सय रूपैयाँ दरको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको १५ अर्बको ऋणपत्र सूचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जेठ १३ गते निष्काशन गरेको “४.७९ प्रतिशत विकास ऋणपत्र २०८३, घ ” नामको ५ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । उक्त ऋणपत्रका लगानीकर्ताले अर्धवार्षिक रुपमा ४.७९ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् ।

त्यस्तै, सिर्जना फाइनान्स लिमिटेडको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर सूचिकृत भएको छ । फाइनान्सले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कूल १४.२७ प्रतिशत लाभांश वितरण गरेपश्चात उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्