एशियन लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता कति छ मूल्य ? « Arthapath.com
९ असार २०७८, बुधबार

एशियन लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता कति छ मूल्य ?



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । अषाढ ३ गतेदेखि लिलामीमा बिक्री खुला गरेको कम्पनीको संस्थापक सेयरमा आवेदन दिने समय आज (अषाढ ९ गते बुधबार अन्तिम दिन हो ।

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । जसमा सेयरको न्यूनतम मूल्य ६२८ रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज अषाढ ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरि पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्