अरुण भ्यालीको हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामीमा बिक्री खुला, प्रतिकित्ता मूल्य १ सय रुपैयाँ

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयरमा आजदेखि आवेदन खुला गरिएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयर लिलामी आज अषाढ ९ गतेदेखि बिक्री खुला गरेको हो ।
कम्पनीले सूचना प्रकाशन गर्दै आज अषाढ ९ गतेदेखि ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको उक्त सेयर लिलामीमा बिक्री गरेको हो । उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश अषाढ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।
कम्पनीको सेयर बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त शेयरमा मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र बुझाउन पाउने व्यवस्था रहेको छ ।