ग्लोबल आइएमई बैंकले मुद्दती बचतमा ८.०१ प्रतिशतसम्म ब्याज दिने, घरबाट नै खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले मुद्दती बचत खातामा उच्चतम् ८.०१ प्रतिशतसम्म ब्याज दिने भएको छ । असार १ गतेदेखि लागू हुने गरी बैंकले १ वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर दिने जानकारी दिएको छ ।
मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले हाल ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २४ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।