एनआईसी एशिया बैंकको ऋणपत्रमा अषाढ २० गतेसम्म आवेदन दिन पाइने « Arthapath.com
१० असार २०७८, बिहीबार

एनआईसी एशिया बैंकको ऋणपत्रमा अषाढ २० गतेसम्म आवेदन दिन पाइने



काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । अषाढ ६ गते, आइतबारदेखि बिक्री खुला गरिएको एनआईसी एशिया बैंकको १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । मागभन्दा कम आवेदन परेकोले अव बैंकको ऋणपत्रमा अषाढ २० गतेसम्म आवेदन दिन पाइनेछ ।

एनआईसी एशिया बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री गरेको हो । बैंकले ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिङ्गल ए ९इस्यूअर० रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्