जोखिमयुक्त ५१ कम्पनी हटाउँदै धितोपत्र बोर्ड, पुनः नयाँ सूची सार्वजनिक गर्ने तयारीमा « Arthapath.com
१० असार २०७८, बिहीबार

जोखिमयुक्त ५१ कम्पनी हटाउँदै धितोपत्र बोर्ड, पुनः नयाँ सूची सार्वजनिक गर्ने तयारीमा



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरेका ५१ कम्पनीलाई हटाउने तयारी गरेको छ । धितोपत्र बोर्डले असार १ गते मंगलबार सूचीकृत ५१ कम्पनी सार्वजनिक गर्दै दोश्रो बजार मूल्य अत्यधिक बढाइएको र ती कम्पनीमा लगानी गर्नु जोखिमयुक्त रहेको भन्दै सार्वजनिक गरेको थियो ।

बोर्डको उक्त कदमपछि चौतर्फि विरोध भएको छ भने उक्त निर्णय फिर्ता लिनुपर्ने भन्दै सर्वाेच्च अदालतमा रिट दायर पनि परेको थियो, भने अदालतले अन्तरिम आदेश दिँदै कारण देखाउ आदेश दिएको छ ।

बोर्डले ५१ कम्पनी जोखिमयुक्त सार्वजनिक गरेदेखि लगानीकर्ता निराश बनेर सेयर बजार पनि घटेको छ । तर, बोर्डले भने लगानीकर्ताले गलत रुपमा बुझेको जवाफ दिएको छ ।

लगानीकर्तादेखि सेयर विज्ञहरुले उक्त कदम फिर्ता लिनुपर्ने माग गरेका छन् । बोर्डले सूचीकृत ५१ कम्पनीलाई जोखिमयुक्त भनेर हटाउने तयारी गरेको हो । धितोपत्र बोर्डले जोखिमयुक्तबाट हटाएर सबै कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्ने भएको हो । बोर्डका अनुसार यसै साताभित्र सूचीकृत सबै कम्पनीको मुख्य वित्तीय विवरण सार्वजनिक गर्ने र लगानीकर्ताले आफैंले अध्ययन गरेर जोखिमयुक्त वा जोखिममुक्त कम्पनी छुट्याउनुपर्ने छ ।

कम्पनीले अब जोखिमयुक्त कम्पनी भनेर नभन्ने भएको हो । लगानीकर्ताले मुख्य वित्तीय विवरण आफैँ अध्ययन गरेर लगानी गर्नुपर्ने भएको छ । अब, हाल सार्वजनिक गरिएका ५१ कम्पनीसहित सूचीकृत सबै कम्पनी जोखिमयुक्त र जोखिमपूर्ण भनेर सार्वजनिक नगर्ने बोर्डले जनाएको छ ।

निश्चित अवधिभित्र नियमित रुपमा सबै सूचीकृत कम्पनीहरुको मुख्य वित्तीय विवरणसहित सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । कुन कम्पनीमा लगानी गर्न र कुन कम्पनीमा लगानी नगर्ने लगानीकर्ता आफैंले निर्णय गर्नुपर्ने बोर्डको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्