ललितपुरको नगरसभा बहुमत जनप्रतिनिधिले गरे बहिष्कार

काठमाडौं । ललितपुर महानगरपालिकाको नगरसभा एमाले र माओवादी केन्द्रबाट निर्वाचित बहुमत नगरसभा सदस्यहरुले बहिष्कार गरेका छन् । आज ललितपुर वडा नम्बर ३ का वडाअध्यक्ष श्री गोपाल मर्हजनले एक विज्ञप्ति जारी गदै ३९ जना सदस्य रहेको कार्यपालिका सदस्यमा २६ जनाले सभामा उपस्थित हुन नसक्ने जनाएका छन ।
उनीहरुले बहुमत जनप्रतिनिधिसंग निति तथा कार्यक्रम पारीत गर्नुभन्दा अगाडी छलफल र समन्वयन नगरेकोल नगरसभा बहिस्कार गार्ने निर्णय गरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल दुवैजना नेपाली कांग्रेसबाट निर्वाचीत भएका हुन ।
यस्तो छ श्री गोपाल मर्हजनले जारी गरेको प्रेश विज्ञप्ति :
