एनआईसी एशिया बैंकले ल्यायो टिकटक भिडियो च्यालेन्ज, यस्ता छन जित्नेलाई आकर्षक पुरस्कार « Arthapath.com
१० असार २०७८, बिहीबार

एनआईसी एशिया बैंकले ल्यायो टिकटक भिडियो च्यालेन्ज, यस्ता छन जित्नेलाई आकर्षक पुरस्कार



काठमाडौं । एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

आषाढ ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेज -@NICASIABankOfficial_मा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘…MoBank गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।

यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्नुहुने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको वयवस्था रहेको बैंकले जनाएको छ ।

…Tiktok Video ChallangeÚ मा सहभागी हुनको लागि निम्नलिखित नियमहरू पालना गनुपर्ने बैंकले जनाएको छ ।

१ सहभागीले बैंकको आधिकारिक टिकटक पेज -@NICASIABankOfficial_ फलो गर्नुपर्नेछ ।
२ सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई @NICASIABankOfficial, #nicasiabank, #mobankgarauसमेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।
३ माथि उल्लेखित प्रकृया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक/एक वटा भिडियो विजयी हुनेछन् ।
४ विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।
५ यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्