सर्वोत्तम सिमेन्टको विशेष साधारण सभाले २०.१२४ प्रतिशत लाभांश पारित गर्यो « Arthapath.com
१० असार २०७८, बिहीबार

सर्वोत्तम सिमेन्टको विशेष साधारण सभाले २०.१२४ प्रतिशत लाभांश पारित गर्यो



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको बिशेष साधारण सभा काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा सम्पन्न भएको हो ।

सभाले कम्पनीले आर्थिक बर्षको मुनाफाबाट हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद लाभांश गरि कूल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने बिशेष प्रस्ताव छलफल गरि पारित गरेको छ । कम्पनीको १९.११८ प्रतिशत बोनसपछि चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, सभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजी अनुपात ८७.१०ः१२.९० हुने गरी मिलान गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्