पहिलो बर्ष नै प्रतिफल दिने जीवन विकासकाे आईपीओ आजदेखि खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ? « Arthapath.com
११ असार २०७८, शुक्रबार

पहिलो बर्ष नै प्रतिफल दिने जीवन विकासकाे आईपीओ आजदेखि खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आज (असार ११ गते, शुक्रबार) देखि प्राथमिक सेयर निष्काशन (आईपीओ) गरेको छ । लघुवित्तले हाल कायम जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको हो ।

सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता सेयर कर्मचारीका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त निष्काशन छिटोमा असार १५ गते बन्द हुनेछ भने ढिलोमा असार २५ गते बन्द हुनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेराेशेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ- ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले पहिलो बर्षमा नै कम्पनीले लगानीकर्ताकाे हातमा लाभांश दिनसक्ने बताएका छन् । विगतदेखि नै संस्था नाफामा रहेकाले पहिलो बर्ष नै प्रतिफल दिने सीईओ मण्डलले बताए । उनले भने, “ जीवन विकासमा लगानी गर्ने लगानीकर्ताले लगानी गरेको पहिलो वर्षदेखि नै प्रतिफल पाउने सूनिश्चितता छ । विगतदेखि नाफामा गइरहेको संस्था भएकाले पनि त्यसमा कुनै समस्या छैन् ।” तर त्यस्ताे प्रतिफलकाे दर कति हुन्छ भन्ने स्पषट पारिएकाे छैन ।


प्रतिक्रिया दिनुहोस्